काठमाडौं । परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजद्धारा मंगलबार दिउसो सरसफाई कार्यक्रम सम्पन्न भएको हो मंगलबार काठमाडौँ महानगरपालिका वडा नम्बर २७ घण्टाघर स्थित त्रिचन्द्र कलेज परिसरमा भएको उक्त सरसफाई कार्यक्रममा कलेजको १५४ रोपनी क्षेत्रमा सरसफाई गरिएको हो ।
कार्यक्रममा उपप्रमुख डा. छठकुलीले विद्यार्थीहरूबाट यस किसिमको लोकहितका गतिविधि हुनु निकै सह्रानीय कुरा रहेको बताउनुभयो । विश्वलाई परिवर्तन गर्ने ठूलो ठूलो नारा केवल कागजी रुपमा मात्र सीमित रहनुभन्दा अरु कसैले वास्ता नगरे पनि सानो जस्तो लाग्ने यस्तै किसिमका गतिविधिहरूद्वारा उनीहरू समाजका जिम्मेवार व्यक्तिहरुका रूपमा हुर्किदै गएकोमा मुक्त कण्ठले प्रशंसा र सराहना गर्नुभयो । साथै भविष्यका दिनहरूमा पनि यी गतिविधिहरुलाई निरन्तरता दिन जोड दिनुभयो ।
कार्यक्रमको सुरुमा कलेज हाताभित्र औपचारिक कार्यक्रम आयोजना गरी सहभागीहरूलाई परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक संगठन आसेजबारे परिचय गराइनुका साथै आयोजित कार्यक्रमको महत्व र आवश्यकताका विषयमा जानकारी गराइएको थियो । त्यस पछि नीलो ज्याकेटधारी जोशीला युवाहरूले फटाफट क्याम्पसको यत्रतत्र, बगैंचा वरपर अनि पार्किङ भलिबल कोर्ट, विज्ञान विभाग, भूगर्भ विभाग वरपर जथाभावी फ्याँकिएका गुट्काका खोलहरू, फोहोर खाली बट्टाहरु, सिसीहरू लगायत थुप्रै जैविक तथा अजैविक फोहोरहरु संकलन गरी कुल १३ बोरा जति फोहोरहरू सङ्कलन गरेका थिए ।
उक्त कार्यक्रममा त्रिचन्द्र कलेजका क्याम्पस उपप्रमुख डा. दयानिधि छठकुली, नेपाल विद्यार्थी सघं त्रिचन्द्र कलेज शाखाका प्रमुख विद्यार्थी नेता गौरव पाण्डे, लगायत कलेजका अन्य पदाधिकारीहरू तथा शिक्षक वर्गहरू, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजका संयोजक सुरज उप्रेती, आसेज काठमाडौंका वसुन्धरा, कलङ्की, पुतलीसडक लगायतका क्षेत्रबाट स्वयंसेवक विद्यार्थी तथा त्रिचन्द्र कलेजका विद्यार्थीहरू गरी कुल ७० जना भन्दा बढीको प्रत्यक्ष सहभागिता रहेको थियो ।
निरन्तर गरिदै आएको यो विश्वव्यापी वातावरण सरसफाई अभियान संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त आसेजले गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग थियो । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन आसेजले संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर अनि माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो । यो मण्डली हाल विश्वभरि कुल ३७ लाख दर्जित सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको एकमात्र वैश्विक मण्डली हो । परमेश्वरको मण्डली बाइबलमा उल्लेखित शबाथ दिन, निस्तार चाड लगायत नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली पनि हो ।