हेर्ने खबर/रौतहट परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपाल चन्द्रपुर मण्डली र मधेस प्रदेसका सिन्धुली, बर्दिबास हरिवन, सिमरा बिरगञ्ज हेटौँडा, बस्तिपुर मण्डलीका सदस्यहरूको सामुहिकरुपमा ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ आशाको वन अभियान अन्तर्रगत ‘अन्तरराष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ को अवसर पारेर चन्द्रपुरको बन क्षेत्रदेखी बजार चोकसम्म करिब ३ किलोमिटर एरियामा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।
चन्द्रपुर नगरपालीकाका मेयर सञ्जय कुमार काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै मेयर काफ्लेले परमेश्वरको मण्डलीले आयोजना गरेको सरसफाइ कार्यक्रमले वातावरण स्वच्छ हुनेदेखी मानव जीवनलाई प्रत्यक्ष लाभान्वित हुने बताउदै यि र यस्ता कार्यक्रमलाई निरन्तरता दिनको निम्ती आयोजक सस्थालाई आग्रह गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकको तर्फबाट पुर्ण रुपमा साथ सहयोग गर्ने कुरामा प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
परमेश्वरको मण्डलीले संयुक्त राष्ट्रसंघद्वारा तोकिएको ‘अन्तर्राष्ट्रिय विपद जोखिम न्यूनीकरण दिवस’ र ‘अन्तर्राष्ट्रिय पर्वत दिवस’ मनाउन यो कार्यक्रमको आयोजना गरेको हो ।
“आशाको वन” अभियानमार्फत वन डढेलो जस्ता प्रकोपहरूको जोखिमलाई रोक्न र दिगो वन निर्माण कार्यलाई प्रवर्धन गर्ने लक्ष्य राखेको मन्डलीका सदस्यले जानकारी दिए।
मन्डलीका सदस्य भन्छन, परमेश्वरको मण्डलीको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जारी भइरहेको ‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा साथै जलवायु परिवर्तनविरुद्धका प्रतिक्रिया हुन्, जलवायु सङ्कटले प्रकृति र मानवताको सहअस्तित्वलाई नै जोखिममा पारिदिएको यस्तो सङ्कटकालीन घडीमा, परमेश्वरको मण्डलीले आफ्नो मण्डली रहेको विश्वका विभिन्न ठाउँहरूमा नोभेम्बर महिनादेखि व्यापक रूपमा कार्बन न्यूनीकरण गतिविधिहरू सञ्चालन गर्दै आएको छ। यस किसिमका गतिविधिहरूले स्थानीय समुदायहरूमा आधारित सार्वजनिक निजी साझेदारी जलवायु परिवर्तन प्रतिक्रिया पहलहरू मार्फत कार्बन उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ।
यी अभियानहरूमा वृक्षारोपण र वन सरसफाइमा केन्द्रित रहेको ‘आशाको वन’ अभियान र कार्बन न्यूनीकरणलाई दैनिक जीवनको एक हिस्सा बनाउन प्रवर्धन गर्ने ‘३६५ आशाको पाइला’ अभियान समावेश छन् ।
वनहरू मूल्यवान स्रोतहरू हुन, जसले हामीलाई स्वच्छ हावा प्रदान गर्छ र कार्बन अवशोषित गर्छ । तर, मरुभूमिकरण र वन डढेलो जस्ता कारणले वन लोप भइरहेको छ । यूरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रका अनुसार अहिले विश्वको ७५५ भू=भागमा मरुभूमिकरण भइरहेको छ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (UNEP) ले सन् २००२ देखि २०१६ सम्म ४२ करोड ३० लाख हेक्टर वन डढेलोबाट नष्ट भएको रिपोर्ट गरेको छ । यो संयुक्त राज्य अमेरिकाको टेक्सासको आकारको लगभग ६ गुणा बराबर छ ।
अरू कुनै समयभन्दा वनको संरक्षण गर्न अत्यावश्यक रहेको यस घडीमा परमेश्वरको मण्डलीले निम्नअनुसार ‘आशाको वन’ अभियान सञ्चालन गरिरहेको छ ।
पहिलो, कार्बन अवशोषण बढाउन र स्वस्थ पारिस्थितिक प्रणाली स्थापना गर्न वृक्षारोपण गर्ने । दोस्रो, वनस्पतिलाई हानिकारक पदार्थहरूबाट जोगाउन सबै किसिमका फोहोरहरू जम्मा गर्ने । तेस्रो, स्थानीय वनस्पतिको विकासमा बाधा पुर्याउने आक्रमक प्रजातिहरूलाई हटाएर पराग–सेचकहरूको रक्षा गरी जैविक विविधताको संरक्षण गर्ने । चौथो, सुक्खा झाडी, झारपात जस्ता ज्वलनशील पदार्थहरू सङ्कलन गरेर वनमा आगलागी हुनबाट रोकथाम गरी दिगो वन निर्माण गर्ने । पाँचौँ, वन संरक्षणका लागि कार्बन न्यूनीकरण गतिविधिमा सहभागी हुन मानिसहरूलाई प्रोत्साहन दिने र त्यसबारे जनचेतना जगाउने । यस अभियानमार्फत, यो पृथ्वीमा ‘आशाको वन’ फस्टाउने आशा गर्दछौं । आजको गतिविधिमा दोस्रो र चौथो कार्यहरू समावेश छन्, जसमा वन संरक्षणका लागि फोहोर र ज्वलनशील पदार्थहरू सङ्कलन गर्ने र जनचेतना जगाउने पाँचौँ कार्य समावेश रहेको छ । उक्त कार्यक्रममा सक्रिय सहभागिता र सुन्दर मन, हाम्रो समाजमा व्यापक रूपमा फैलिएर एक स्वस्थ समाजको जग बसाल्न मद्दत पुग्नेछ । साथै सन् २०२४ मा, विश्वका १७५ वटा राष्ट्रका ७,५०० क्षेत्रमा रहेको परमेश्वरको मण्डलीले ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा, “संसारको नून र ज्योति बन” भन्नुहुने परमेश्वरको शिक्षाअनुसार विश्वव्यापी गाउँमा आशाको पाइला अगाडि बढाउनेछ । परमेश्वरको मण्डलीले सम्पूर्ण मानव-जातिलाई एउटै परिवारको रूपमा अँगाल्नुहुने पिता परमेश्वर र माता परमेश्वरको प्रेम विश्वका ८ अरब मानिसहरूमाझ प्रवाह हुनेछ भन्ने आशा गर्दछ । आजको सरसफाइ कार्यक्रम परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको तर्फबाट दिपक मानन्धरको संयोजकत्वमा सम्पन्न भएको थियो ।
यसै सन्दर्भमा अन्र्तराष्ट्रिय स्मृति दिवस रहेको ‘नीलो आकाश दिवस सेप्टेम्बर ७ र ‘ओजोन तह संरक्षण दिवस सेप्टेम्बर १६ को उपलक्ष्यमा काठमाडौंको टोखा, बनेपा, सुदूर-पश्चिमको टीकापुर, चितवनको रत्ननगरमा आशाको वन अभियान गरिएको थियो । काठमाडौंको छग्डोल सामुदायिक वन र कोशी प्रदेशको रतुवाखोला परिसर क्षेत्रमा करीब १,०५० वटा वृक्षारोपण पनि गरिएको थियो । काठमाडौंको भङ्गाल धोबीखोला, सूर्यविनायक, गण्डकी प्रदेशको बर्दाघाट आदि क्षेत्रहरूमा पनि ‘प्लास्टिक फुटप्रिन्ट हटाउने’ अभियान गरिएको थियो । ‘प्लास्टिकको फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गरेर फ्याँकेका प्लास्टिकको कुल मात्रा हो ।
१७५ वटा देशका ७,८०० वटाभन्दा बढी क्षेत्रहरूमा स्थापित भएको, अनि ३७ लाख जना जति सदस्यहरू आबद्ध यस परमेश्वरको मण्डलीले विश्वव्यापी रूपमा वातावरण संरक्षण, रक्तदान, उद्धार, शैक्षिक सहयोग जस्ता स्वयंसेवाका गतिविधिहरू २९,००० पटकभन्दा बढी गर्दैआएको छ । यसले नेपाल देशभित्र अन्तराष्ट्रिय बाल दिवसको उपलक्ष्यमा कोशी प्रदेश दमकको श्री जनचेतना आधारभूत विद्यालयलाई १०० वटा स्कुल झोला वितरण गरेको थियो । साथै माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरूमा पनि शैक्षिक प्रयोजनका कम्प्युटर वितरण, वृद्धाश्रमहरूको सान्त्वनादायक भ्रमण आदिद्वारा आशा बाँड्ने कार्य गर्दै आएको छ । सन् २०१५ मा महाभूकम्प जाँदा परमेश्वरको मण्डलीले ७१० वटा क्षेत्रहरूमा मर्मत सम्भार तथा उद्धार कार्यमा कडा प्रयत्न गर्दै हिमालयको उच्च पहाडी गाउँमा भएका १,००० घर परिवारका लागि १४ पटकसम्म हेलिकप्टर चार्टर गरेर खाद्यान्न आपूर्ति गरेको थियो। साथै २ ठाउँका प्राथमिक विद्यालयहरूमा कक्षाकोठा पुनर्निर्माण गर्ने कार्य समेत गरेको छ ।
यसरी व्यापक रूपमा परोपकारी कार्य गरेबापत परमेश्वरको मण्डलीले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी गरेर विभिन्न निकाय तथा संघ-संस्थाहरूबाट प्रशंसा-पत्र र कदर-पत्रहरू प्राप्त गरेको छ । मण्डलीले विश्वव्यापी रूपमा, कोरियाको ३ वटा सरकारबाट राष्ट्रपति अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरुको राष्ट्रिय सभाबाट पदक, ब्राजिलको विधायिकी पदक आदि प्रत्येक देशका सरकार र निकायहरूबाट ४,८०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ ।