परमेश्वरको मण्डली विश्वसुसमाचार समाज विश्वविद्यालय विद्यार्थीहरुको स्वयंसेवक समूह ASEZ द्वारा गठ्ठाघरमा बुधवार दिउसो सरसफाइ सम्पन्न भएको छ।
बुधबार पुर्वान्चल विश्वविद्यालय (PU), भक्तपुर मल्टिपल क्याम्पस (BMC) र कोटेश्वर मल्टिपल क्याम्पस (KMC) मा अध्ययनरत विद्यार्थीहरुले गठ्ठाघरमार्गमा करिब १ किमी सडक सरसफाई गरेका हुन।
UNSDGS को १३ न. अन्तर्गत पर्ने Climate Action बुदाँ भित्र रहेर सरसफाई र कार्बन न्यूनीकरणक सचेतनाको निम्ति सरसफाई गरिएको छ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ सँग समन्वयन गरी चालु आर्थिक बर्ष ८१/८२ मा प्रत्येक महिनामा एक-एक पटक गरी बाह्र पटक सरसाफाइ गरि
जनचेतना फैलाउदै वृक्षारोपण गर्ने योजना रहेको र यो सरसफाइ तेश्रो पटक रहेको एक स्वंसेवक विद्यार्थीले बताएका थिए भने बुधवार दिउसो आजको सरसफाई कार्यक्रममा जम्मा ४३ जना विद्यार्थीहरूको प्रत्यक्ष सहभागिता रहेको थियो।
विश्वव्यापी वातावरण सरसफाई अभियान संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निमित्त ASEZ गर्ने विश्वव्यापी वातावरण सरसफाईको एउटा भाग थियो। परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयंसेवक संगठन ASEZ ले संयुक्त राष्ट्रसघंको दिगो विकास लक्ष्य प्राप्तिका निम्ति दिगो विकास लक्ष्यका लक्ष्य नम्बर ११, १२, १५, १६ र १७ मा विशेषत आधारित रहेर ए बि सी मोभ्मेन्ट, जनचेतना अभिवृद्धि वृक्षारोपण, अपराध न्यूनीकरण, विपत्तिमा राहत प्रकोप उद्धार जस्ता थुप्रै विविध गतिविधिहरु गर्दै आइरहेको परमेश्वरको मण्डली विश्वसुसमाचार समाज विश्वविद्यालयका एक विद्यार्थी बताउछन।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज बाइबलमा गवाही दिइएको पिता परमेश्वर र माता परमेश्वरमाथि विश्वास गर्ने एकमात्र मण्डली हो। परमेश्वरको मण्डली स्थापना भएको छोटो समयमै आश्चार्यजनकरुपमा फैलिएर हालसम्म विश्वभरि ३७ लाख सदस्यसहित १७५ वटा राष्ट्रहरूका ७,५०० वटा भन्दा बढी क्षेत्रमा विस्तार भएको साथै बाइबलमा उल्लेखित शवाथ दिन, नयाँ करारका तीन चरणका सातवटा चाडहरू पालन गर्दै बाइबल अनुसार पर्मेश्वरको आज्ञा जस्ताको तस्तै पालन गर्ने संसारको एकमात्र वैधानिक मण्डली हो भनी जानकारहरु बताउछन।