परमेश्वरको मण्डलीद्वारा ललितपुरको लामाटार इमाडोलमा आज चैत्र २० गत्तेका दिन बिहान वृहत सरसरफाई कार्यक्रम आयोजित गरिएको हो।
उक्त कार्यक्रममा १७० भन्दा बढी मण्डलीका सदस्यहरुको सहभागीतामा ग्वार्को लामाटार सडकखण्ड वृहतरुपले सरसफाइ गरेको हो।
करिब १.५ किलोमिटर फुटपाथ र सडकको दायाँ बायाँको क्षेत्रमा सरसफाई गर्दा ठूलो टिप्परको एक टिप्पर फोहोर संकलन भएको मण्डलीले जानकारी गरएको छ।

परमेश्वरको मण्डलीले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष छिरिङ लामा, वडा सदस्य दाताराम कार्की, शान्ति विसुन्के मिजार, महालक्ष्मी नगरपालिका नगर प्रहरी गंगा बहादुर खड्का, प्रहरी प्रभाग इमाडोलका हवल्दार जित बहादुर तामाङ, विभिन्न समाजसेवी साथै बिभिन्न संघ संस्थाबाट प्रतिनिधिहरुको उक्त कार्यक्रममा सहभागी साथै ऐक्यबद्दता जनाएका थिए।

परमेश्वरको मण्डलीले देशभरिका विभिन्न सहरहरुमा यी र यस्ता कार्यक्रम गर्दै आएको जानकारहरु बताउछन, यहि बर्ष मात्र परमेश्वरको मण्डलीले बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा वृक्षारोपण, वन संरक्षण जस्ता गतिविधिमार्फत कार्बन न्यूनीकरण र हरियाली सिर्जना गर्न योगदान पुऱ्याउने ‘आशाको वन’ अभियान र ‘प्लास्टिक फुटप्रिन्ट मेटाउने’ अभियान चलाएको थियो। ‘प्लास्टिक फुटप्रिन्ट’ भन्नाले मानव-जातिले प्रयोग गर्ने र विसर्जन गर्ने प्लास्टिकको कुल मात्रालाई जनाउँछ ।

परमेश्वरको मण्डलीले सञ्चालन गर्दै आएका कार्यक्रमहरु के-के हुन्?
‘विश्वव्यापी आशा च्यालेन्ज’को एक हिस्सा हो। आशा च्यालेन्ज ‘संकटग्रस्त विश्वव्यापी गाउँमा आशा प्रदान गर्ने’ लक्ष्यका साथ अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू {SDGS} अनुरूप जारी हुन्छ। यसलाई जलवायु परिवर्तनसँग लड्ने, गरिबी तथा भोकमरी अन्त्य गर्ने, शैक्षिक सहयोग गर्ने, स्वास्थ्य तथा कल्याणलाई प्रवर्धन गर्ने, दिगो सुरक्षित समाज निर्माण गर्ने, शान्ति, समावेशी र एकता गरी मुख्यतः ६ वटा विधामा आयोजना गरिन्छ।

१७५ वटा देशका रहेको परमेश्वरको मण्डली ७,८०० ठाउँहरूमा जम्मा ३७ लाख सदस्यहरूले वातावरण संरक्षण, रक्तदान अभियान, प्रकोप राहत र शैक्षिकबसहयोग जस्ता ३०,००० वटा स्वयंसेवाका गतिविधिहरू आयोजना गरिसकेको छ।

समाजीक कार्यको सम्मानमा विभिन्न राष्ट्रहरुबाट परमेश्वरको मण्डलीले प्राप्त गरेका अवार्डहरू।
परमेश्वरको मण्डलीले समाजमा गरेको योगदानको कदर गर्दै तीन कोरियाली सरकारहरूबाट राष्ट्रपति अवार्ड, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड, पेरु राष्ट्रिय सभाबाट सम्मान पदक र ब्राजिल विधायिकी पदक गरि विभिन्न देशका सरकार तथा संस्थाहरूबाट ५,००० भन्दा बढीब अवार्डहरू प्राप्त गरिसकेको छ। गत जनवरी महिनामा पेरुका राष्ट्रपतिले मण्डलीलाई देशकै उत्कृष्ट राष्ट्रिय वातावरण अवार्डसम्म प्रदान गरेका थियो।

नेपालमा वातावरण संरक्षण मात्र नभएर रक्तदान अभियान, वृद्धाश्रमको सान्त्वनादायक भ्रमण र विद्यालयमा पाठ्यसामग्री सहयोग जस्ता अनवरत मानव कल्याण गतिविधिका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, बूढानीलकण्ठ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जस्ता विभिन्न निकायहरूबाट मण्डलीले प्रशंसा-पत्र, कदर-पत्र इत्यादि प्राप्त गरेको छ।

मण्डलीले गत महिना संयुक्त राष्ट्रसंघको विश्व सामाजिक न्याय दिवस (फेब्रुअरी २०) को सम्झनामा “‘Hold Hope! अभियान गर्दै काठमाडौंको टोखा नगरपालिकालाई १६ घरपरिवारका लागि खाद्यान्न सामग्री अनुदान गऱ्यो। यो अभियानको उद्देश्य विश्वभरका सरकारी कार्यालयहरूमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरू अनुदान गर्नु हो, जसले गर्दा प्रत्येक देशका आर्थिक र सामाजिक रूपमा कमजोर वर्गलाई गरिबी निवारण गर्न र सामुदायिक मूल्यमान्यताहरू जगाउन मद्दत मिल्नेछ । यो अभियान भारत, युक्रेन, भेनेजुएला, इथियोपिया, हाइटी र म्यानमार लगायत लगभग ३० देशहरूमा आयोजना गरिएको थियो।