ओसाका,जापान।
जापानको ओसाकामा रहेको चुरुमी रेउकुची पार्कमा अबस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको पशुपतिनाथ मन्दिरको दोस्रो चरणको सरसफाई कार्यक्रम “ ब्लु ब्वाईज युनियन”का सदस्यहरुबाट मिति २०८१/०५/३१ गते सोमबार सम्पन्न भएको छ।राम कृष्ण केसीको नेतृत्त्वमा सम्पन्न भएको उक्त सरसफाइ अभियानमा अन्य सदस्यहरुको पनि उपस्थित रहेको थियो ।सरसफाई कामको लागि वडा कार्यलयसँग अनुमति प्राप्त गरि सुरु गरिएको थियो ।यो भन्दा पहिले १ महिना अघि पनि मन्दिरको अगाडी पट्टितिरको भागतिर सरसफाई काम भएको थियो।

मन्दिरको वरिपरि साना रुख र झारहरुको झाडी भएको साथै पातपतिङ्गर झरेर भएको थियो। आउदैँ गरेको हिन्दुहरुको महान पर्व विजया दशमीलाई मध्यनजर गर्दै सरसफाईको काम गरिएको कुरा पनि कार्यक्रमका संयोजक रामकृष्ण केसीले जानकारी दिनुभएको थियो।अहिले मन्दिर प्रवेशको भित्र गेटमा चाबी लगाएको र दशैँको दिन केहि समय उक्त ढोका खोल्नको लागि आह्ववान गर्ने बारेमा पनि छलफल भएको केसीले जानाकारी गराउनु भयो।
सरसफाईको काम गर्दै गर्दा उक्त मन्दिरमा घुम्न आउने नेपालीहरुले पनि हातेमेलो गर्दै साथ दिनुभएको थियो। सरसफाई कार्यक्रम १२ जना युवाहरुको उपस्थितिमा बिहान ११ बजे देखि साझ ४ बजेसम्म २ गाडी फोहोर जम्मा गरि वडा कार्यलयको कर्मचारीबाट बाहिर लगिएको साथै सरसफाईको लागि आवश्यक सामाग्रीहरु पनि वडा कार्यलयबाट प्रदान गरिएको थियो।
हालै ओसाकामा रहेका केहि युवाहरु मिलेर सुरुवात भएको ब्लु ब्वाईज युनियनको यो दोस्रो चरणको सरसफाई काम हो भने आगामी दिनमा पनि यस्तै चरणबद्ध तरिकाले सरसफाईलाई निरन्तरता दिँदै अन्य सामाजिक कामहरु गर्दै जाने कुरा कार्यक्रम संयोजक रामकृष्ण केसी ले बताउनु भयो। जापानको ओसाका चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्वसम्पदामा सुचिकृत पशुपतिनाथ मन्दिरको ढाँचामा रहेको छ भने उक्त मन्दिरमा विदाको समयमा नेपालीहरु घुमफिर साथै दर्सनको लागि पनि जाने गर्दछन। सोहि नेपाली मन्दिर रहेको क्षेत्र परिसरमा करिब २० भन्दा बढी अन्य देशका पनि मन्दिरहरु रहेका छन।