ओसाका जापान।
गल्कोट समाज जापानले आफ्नो चौथो बैठक तथा बारबिक्यू जापानको यामानासी केन्दमा भब्य रुपमा सम्पन्न भएको छ । सस्थाका संरक्षकहरु, सल्लाहकार तथा कार्यसमितीका सबै जनाको बृहत उपस्थीतिका बिचमा बैठक तथा बारबिक्यू कार्यक्रम सम्पन्न भयो ।
बैठकमा अधिल्लो कार्यकालको बुझबुझारत र आगामी कार्यकालको कार्ययोजनाको बारेमा ब्यापक छलफल भएको छ । करिव २०० जनाको उपस्थीति रहेको उक्त बारबिक्यूमा आगामी कार्ययोजना बारेमा संरक्षक तथा सल्लाहकारहरुको राय सल्लाह संकलन गरिएको थियो ।
महासचिव दिलीप कंडेलका अनुसार यस कार्यक्रममा उपस्थीति र सहभागीताले बर्तमान कार्यसमितीलाइ थप उर्जा तथा उत्प्रेरणा मिलेको, संरक्षक तथा सल्लाहकारको राय सल्लाह बमोजिम आगामी कार्ययोजना तर्जुमा हुने बताउनु भयो ।
कार्यक्रममा घुम्टे नौमती बाजा, तथा कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको थियो ।
संरक्षक परिषद् सदस्य सल्लाहकार सदस्य तथा कलाकारहरूलाई कदर पत्र द्धरा सम्मान गरिएको गल्कोट समाज जापानका प्रवक्ता सन्तोष पुनले जानकारी गराए।
यामानासीमा रहेका गल्कोटेहरुको सकृय ब्यबस्थापनमा भएको कार्यक्रम, गलकोट समाज जापानको आयोजनामा अध्यक्ष रत्नसिंह बस्नेत को अध्यक्षता संरक्षक संयोजक नर ब. थापाको प्रमुख आतिथ्यतामा मा सम्पन्न यसकार्यक्रम महासचिव दिलीप कंडेलले संचालन गरेका थिए ।
सचिव बल ब. खत्रीका अनुसार आगामी अग्रेजी नयाँ बर्षको कार्यक्रममा सम्पूर्ण गल्कोटेहरुलाइ केन्द्रीत गर्ने गरि योजनामा लाग्ने एकबद्धताका साथ निर्णय भएको छ । नेपालबाट ख्यातिप्राप्त कलाकारलाइ आमन्त्रण गरि गलकोट समाज जापानले आगामी डिसेम्वर ३१ ओसाका, जनवरी १ नागोया, जनवरी २ टोकियोमा बृहत सांगितीक धमका २०२४ कार्यक्रमको आयोजना को घोषणा यस अघिनै गरिसकेको छ