मानवसेवा फाउन्डेसनले पशुपतिमा गर्न लागेको महायज्ञको पूर्व सन्ध्याको अवसर पारेर यही असार २६ गते बुधबारको दिन ठीक १० बजे काठमाडौं उपत्यकामा वृहत रिक्सा र्‍याली कार्यक्रम आयोजना गरेको छ।

केही दिन अगाडि मात्रै मोतरसाकाल र्‍याली साथै ट्याक्सी र्‍यालीसम्म भव्यताको साथ सम्पन्न गरेको थियो।

पशुपतिमा ऐतीहासिक रुपमा हुन लागेको महायज्ञलाई लक्षित गरेर गर्न लागेको रिक्सा र्‍याली पनि भव्यताका साथ सम्पन्न हुने मानवसेवा फाउन्डेसनका एक अधिकारीले जानकारी दिएका छन्।