सोमबार दिउसो काठमाडौँमा बिशाल ट्याक्सि र्याली सम्पन्न भएको छ।
इतिहासमै पहिलो पटक हुन लागेको विशाल पशुपति कोटिहोम महायज्ञको पूर्व–सन्ध्याको शु-अवसर पारेर सोमबार दिउसो काठमाडौँमा ट्याक्सि र्यालीको कार्यक्रमको आयोजक श्री मानव सेवा फाउण्डेसनले गरिएको हो।
कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण,सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास, शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोडनको लागि साथै विश्व कल्याणको कामना गर्नको लागि महायज्ञको पूर्वसन्ध्याको अवसरमा ट्याक्सि र्यालीको कार्यक्रम आयोजना गरिएको र्याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक सन्तोष भुषालले जानकारी दिएका छन।
भगवान पशुपतिनाथको प्रङगणबाट सुरु भएको उक्त मोटरसाइकल र्याली चाहवेल–सुकेधारा–बसुन्धारा–सामाखुशी–गंगवु–नयाँबसपार्क–बालाजु–बनस्थली–सानो भर्याङ- ठुलो भर्याङ–स्वयम्भु–कलंकी बल्खु–एकान्तकुना–सातदोबाटो–ग्वार्काे– तीनकुने–एयरपोर्ट हुँदै पुनः पशुपतिमा पुगेर समापन भएको हो।
मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ।