काठमाडौँमा हालसम्मकै ठुलो ऐतिहासिक ट्याक्सि र्याली हुने भएको छ।
इतिहासमै पहिलो पटक हुन लागेको पशुपतिमा विशाल कोटिहोम महायज्ञको पूर्व–सन्ध्याको शुभ अवसर पारेर सोमबार बिहान काठमाडौँमा ट्याक्सि र्यालीको कार्यक्रम आयोजना गरिएको आयोजक श्री मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।
कोटिहोम महायज्ञको प्रचारप्रसार सँगै धार्मिक जागरण, सनातन धर्मको अस्तित्व रक्षा तथा धार्मिक सहिष्णुताको बिकास, शान्तिको सन्देश प्रवाह तथा युवाहरुलाई धर्म अनि सस्कृती र संस्कारमा जोड्नको लागि साथै विश्व कल्याणको कामनाको लागि महायज्ञको पूर्वसन्ध्यामा ट्याक्सि र्यालीको कार्यक्रम आयोजना गरिएको र्याली संयोजक तथा मानव सेवा फाउण्डेसनका व्यबस्थापक सन्तोष भुषालले जानकारी दिएका हुन।
मानव सेवा फाउण्डेशनले पशुपति मन्दिर क्षेत्रको हंशमण्डप वनकालीमा यहि साउन १ गतेदेखि ३२ गतेसम्म ऐतिहासिक श्री पशुपति कोटिहोम एवं १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञको आयोजना गरेको छ।
महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम ललितपूर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम भवन निर्माण गर्ने मानव सेवा फाउण्डेसनको योजना छ।