हेर्ने खबर/मकवानपुर विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली हेटौंडाको आयोजनामा मकवानपुरको मनहरी गाउपालिका बजार क्षेत्र र महेन्द्र राज मार्ग वरपर क्षेत्रमा ८०७४औँ बिश्वब्यापी बाताबरण सरसफाइ कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ।

परमेश्वरको मण्डली हेटौंडाले गरेको ८०७४औँ बिश्वब्यापी बाताबरण सरसफाइ अभियान कार्यक्रमका प्रमुख अतिथीको रुपमा मनहरी गाउपालीका अधध्य रजन कालाखेती लगायत मनहरी गाउ पालिका ८का वडा अध्यक्ष नारायण उप्रेती, मनहरी गाउ पालिका ७का वडा अध्यक्ष ठाकुर टिटुङ, मनहरी शसत्र प्रहरी बलका निम प्रसाद पुलामी मगर लगायत विभिन्न क्षेत्रमा कार्यरत शैक्षीक, सामाजिक, ब्याबसायिक, प्रशासनिक, राजनितिक तहका ब्याक्तिहरूको सहभागीता थियो भने करिब २०० जना भन्दा बढी परमेश्वरको मण्डली हेटौंडाका स्वयम सेवकहरूको सहभागीता थियो।

विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली सन १९६४ मा स्थापित भएको र हाल २०२४ सम्ममा विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भएको एक विश्वव्यापी मण्डली हो। छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड-१९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित २४,५०० पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै अएको मण्डलिका एक जानकार बताउछन। यो मण्डलीले मुख्य रूपमा पिता परमेश्वर र माता परमेश्वरलाइ बिश्वास गर्दै ख्रीष्टको प्रेमलाई ब्याबहारमा कार्यान्वयन गरिरहेको पनि बताउछन।

उत्कृष्ट समाजसेवा गरेबाफत परमेश्वरको मण्डलीले हालसम्म अमेरिकी राष्ट्रपति ओबाद्वारा अवार्ड, ट्रम र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्वोत्कृष्ट सङ्गठन अवार्ड, त्रीपन्न ५३ वटा स्वर्ण अवार्डहरू), गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वर्ल्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ३,८०० वटा भन्दा बढी अवार्डहरू प्राप्त गरेको देखिन्छ भने यो मण्डलीले नेपालमा पनि केही प्रशंशा पत्रहरू पाएको

यस संस्थाले बिश्व्ब्यापी बाताबरण सरसफाइ अभियान अन्तर्गत जलबायू परिवर्तन न्यूनिकरणको लागि सर सफाइ तथा प्लास्टिक फुट पिन्ट हटाउने, वृक्षारोपण जस्ता अभियान कार्यक्रम गर्दै आएको छ।