हेर्ने खबर/भक्तपुर विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली भक्तपुरले ‘विश्व बातावरण दिवस’को सम्झनामा कार्वन न्युनिकरणका लागि ‘पलास्टिक फुटप्रिन्ट हटाउने’ अभियानमा सुर्यविनायक नगरपालिका-८ मा अवस्थित पिक्निक स्पोर्टमा सर-सफाइ कार्यक्रमको आयोजना गरेको हो।

परमेश्वरको मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्षमा संयुक्त राष्ट्रसंघद्वारा तोकिएको ‘विश्व बातावरण दिवस’को सम्झनामा कार्बन उत्सर्जनलाई न्युनिकरण गर्ने उदेश्यले परमेश्वरको मण्डलीद्वारा आयोजना गरिएको सरसफाइ कार्यक्रमका सभा अध्यक्ष तेजेन्द्र गौतमले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने उदेश्यका साथ ‘पलास्टिक फुटप्रिन्ट हटाउने’ अभियान सुरु गर्न भेला भएको बताउदै स्थानिय समुदायको सार्वजानिक-निजी साझेदारिमार्फत जलवायु परिवर्तन प्रतिकृया गतिविधीहरुको बिकास गर्ने लक्षका साथ ‘पलास्टिक फुटप्रिन्ट हटाउने’ अभियान, वृक्षारोपण र वन सरसफाइलाई समेट्ने ‘आशाको वन’ अभियान र कार्वन न्युनिकरणलाई दैनिक जीवनको एक हिस्सा बनाउन प्रवर्धन गर्दै हालसम्म विश्वका १७५ वटा राष्ट्रका ७,५०० क्षेत्रमा रहेको परमेश्वरको मण्डलीले व्यापकरुपमा एक स्वास्थ्य समाजको जग बसाल्ने कुरा सम्म बताउनु भएको थियो।

परमेश्वरको मण्डलीद्वारा आयोजना गरिएको सरसफाइ कार्यक्रमका प्रमुख अतिथीको रुपमा सुर्यविनायक नगरपालिका-८ वडाका वडाअध्यक्ष्य पुष्पराज बस्नेतले परमेश्वरको मन्डलीले चलाएको कार्वन न्युनिकरणका लागि ‘पलास्टिक फुटप्रिन्ट हटाउने’ अभियानमा अत्यन्तै सरहाणिय छ यसमा सुर्यविनायक नगरपालिका-८ को एक्यबद्दता रहेको बताए। कार्वन न्युनिकरणका लागि ‘पलास्टिक फुटप्रिन्ट हटाउने’ अभियान तथा सरसफाइ कार्यक्रममा नेप्सेम्यापका प्रमुख साथै फिल्ड इन्चार्ज लगायत बिभिन्न संघ सस्थाबाट बाक्लो उपस्थिती रहेको थियो।

कार्यक्रमको उध्घाटन सुर्यविनायक नगरपालिका वडा नम्बर-८ का वडाअध्यक्ष्य पुष्पराज बस्नेतले फोहोर टिपेर गरेका थिए भने दुई तीन सयको हाराहारीमा पुगेका परमेश्वरको मन्डलीका सदस्यहरुले ८ नम्बर वडामा अवस्थित पिक्निक स्पोर्टमा थुप्रिएको पलस्टिकजन्य कुरा लगायत थुप्रियको सबै फोहोर टिप्दै व्यावस्थापन गरी पिक्निक स्पोर्टलाई सुन्दर रुप दिएका थिए।