हेर्ने खबर/काठमान्डौ परमेश्वरको मण्डली कलंकीद्वारा सदा झै आज बैशाख ६ गत्ते बिहीवारका दिन कलंकीमा बृहत् रक्तदान गरेको छ।
विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डलीले आफ्नो मण्डलि स्थापना भएको ६०औं बर्षगाठको उत्सवमा विश्वब्यापी रुपले निस्तार चाडको प्रेम, रक्तदान अभियानद्वारा जीवन बचाउने प्रेम सारा संसार भरी बाड्न चाहेको परमेश्वरको मण्डलीका प्रतिनिधिले जानकारी दिए।
परमेश्वरको मण्डली कलंकीद्वारा आयोजित १३४१औँ पटकको रक्तदान कार्यक्रम आफ्नै मण्डलि भवनमा बृहत् रुपले सुसम्पन्न गरेको हो।
विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली नेपालका अध्यक्ष तेजेन्द्र गौतमको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रमको प्रमुख अतिथि नागार्जुंन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत हुनुन्थ्यो भने विसिस्ठ अतिथिमा नागार्जुन-६ का निवर्तमान अध्यक्ष साथै नेपाली कांग्रेस काठमाडौ जिल्लाका उपसभापती राजेन्द्र बुढाथोकी, सितापाइला टोल सुधार समिति अध्यक्ष कुमार केसि हुनुन्थ्यो, अतिथिका रुपमा बिभिन्न संघ सस्थाबाट बाक्लो उपस्थिती रहेको थियो।
परमेश्वरको मण्डली कलंकीद्वारा आयोजित १३४१औँ पटकको रक्तदान कार्यक्रममा २७० जना सदस्यको उपस्थिती थियो भने १६७ जनाले रक्तदान गरेका थिए।
परमेश्वरको मण्डलीका सदस्यहरुको रक्तदानका लागि देखिएको बाक्लो उपस्थिती साथै रक्तदान कार्यक्रम सुरु हुन पुर्व देखाइएको परमेश्वरको मण्डलीको परिचयात्मक भिडियोमा परमेश्वरको मण्डलीले देश तथा बिदेशमा गरेको समाजसेवा देखेर प्रमुख अतिथी मोहन बहादुर बस्नेत अत्यन्तै प्रभावित हुँदै परमेश्वरको मण्डलीका सदस्यहरुको उच्च प्रसंसा गर्दै नागार्जुंन नगरपालिकामा आफ्नो दोश्रो कार्यकाल हुँदा पनि यस्तो सत्कर्म कार्य गर्ने मान्छेहरु देखी बेखबर रहेको, आउँदा दिनहरुमा कुनै पनि सहयोगको खाचो परे सहयोग गर्न कुनै कसर बाँकी नराख्ने आफ्नो प्रतिवद्दता जाहेर गर्नु भएको थियो।
नागार्जुंन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले आफु इजराएलको जेरुसलेम देखी बिभिन्न देशको भ्रमण जादा बिभिन्न चर्चमा गएर प्रार्थना गरेकोसम्म उल्लेख गर्दै परमेश्वरको मण्डलीसँग समय मिलाएर बस्ने आसय पनि उल्लेख गर्नु भएको थियो।
विश्व सुसमचार प्रचार समाज परमेश्वरको मण्डली नेपालले यो बर्ष नेपालभरी कहाँ-कहाँ र कती संख्यामा रक्तदान गर्यो?
२०८० साल फाल्गुन १० गते बिरेन्द्र नगर सुर्खेतमा ७० जनाले, फाल्गुन १६ गते बिरगंजमा २०० सय जनाले फाल्गुन भक्तपुरमा १६१ जनाले, चैत्र २६ इमाडोल ललितपुरमा २२४ जनाले, चैत्र २८ गत्ते टोखामा ११० जनाले, चैत्र २९ गत्ते कपनमा १५० जनाले, २०८१ साल बैशाख ३ गते तारकेश्वरमा ११४ जनाले, चितवन रत्ननगरमा १०० जनाले गरेका थिए भने आज बैशाख एस् गते कलंकीमा १६७ जनाले रक्तदान गरेका छन।
परमेश्वरको मण्डलीको ईतिहास।
सन् १९६४ मा कोरियाबाट सुरु भएर यो वर्ष मण्डली स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डली हालसम्म १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा बिस्तार भएको छ भने हालसम्म ३७ लाख सदस्य छन।
परमेश्वरको मण्डलिले गरेका बिभिन्न समाजसेवाको सम्मान स्वरूप मण्डलीलाई अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाली राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक आदि विभिन्न सरकार तथा संस्थाहरूबाट ४,२०० वटाभन्दा बढी अवार्डहरू प्रदान गरिएको मण्डलीका प्रतिनिधिले जानकारी दिए।