हेर्ने खबर/रोल्पा एकै घरका बुवा छोराले रोल्पामा यो बर्ष सँगै एसईई परिक्षा दिएका छन। रोल्पाको गंगादेव गाउँपालिका-६ देवलटकुरामा रहेको जिवनज्योती माद्यामिक विद्यालयको केन्द्रबाट बुवा छोराले सँगै एसईई दिएका हुन।

३७ वर्षिय कमल वली बुवा र १५ वर्षिय मोहन वली छोराले एसईई परिक्षाको पहिलो दिन आज सहभागी भएका हुन।

गंगादेव गाउँपालिका-६ माटिमिरे घर भएका उनीहरु रातामाटा वुद्धि विकास माद्यामिक विद्यालयकमा अध्ययन गर्दै आएका थिए।

बुवा कमल वलीले घरायसी समस्याको कारण पहिले अध्ययन गर्न नपाए पनि अहिले पढेर परिक्षा दिन पाउदा खुसी भएको बाटएका छन्।

जिवन ज्योती मावी देवलटकुरामा वुद्धि विकास मावी रातामटा, पृथ्वी मावी जायचौर, सरस्वती मावी बल्लेपोखरी, सरस्वती मावी म्वालेखोला विद्यालय गरी जम्मा ५ वटा माद्यामिक विद्यालयको केन्द्र रहेको छ।