डिबी बुढाथोकी /हेर्ने खबर परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले निस्तार–चाडको अवसरमा १२७८औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न गरेको छ।

आज बिरगञ्ज स्थित परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको आयोजना र नेपाल रेडक्रस सोसाईटी केन्द्रिय रक्तसञ्चार सेवा रेडक्रसको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पुरुष र महिला गरी कुल २५० जनाको सहभागीतामा १९० प्रिन्ट रगत संकलन गरिएको छ।

उक्त कार्यक्रममा बिरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सारा संसारमा रगतको अभाव भैरहेको यो समयमा मण्डलीले गरेको उक्त कार्य प्रशंसनीय भएको बताउनुभयो । उहाँले भन्नु भयो, ‘रक्तदान कार्यक्रमलाई निरन्तरता दिदैं रगतको अभावलाई न्युनिकरण गर्न यस मण्डलीले जुन भुमिका निर्वाह गरेको छ। बोलीमात्र होइन तर कार्यमा प्रकट गर्ने मानिसहरू नै परमश्वरको मण्डलीका मानिसहरू हुन्, यसबाट अरुहरुले समेत प्रेरणा लिनु पर्छ।

लामो समयदेखि विभिन्न तरिकाले समाजमा आशा बाँड्ने कार्यगर्दै आईरहेको यस मण्डलीले आगामी दिनहरुमा पनि बिरगन्जमा यस्तै अन्य कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्नुभयो।

मण्डलीले नेपालका सातै वटा प्रदेशका बिभिन्न स्थानमा रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा परमेश्वरको मण्डलीका संयोजक रामशरण अधिकारीले भन्नुभयो, ‘परमेश्वरको मण्डलीले ख्रीष्टको बलिदान र प्रेम समाविष्ट नयाँ करार निस्तार–चाडको सम्झनामा विश्वका ठाउँ–ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। मण्डलीले यो क्षेत्रको रगत अभावको समस्या न्यूनीकरण गर्नमा मद्दत मिल्ने छ । निस्तार–चाड चाहिँ ‘विपत्ति पार’ भन्ने अर्थ रहेको परमेश्वरको चाड हो। निस्तार–चाडको दिनचाहिँ येशू ख्रीष्टले क्रूसमा बलिदान हुनुभन्दा अघिल्लो रातमा आफ्नो देह र रगतलाई सङ्केत गर्ने रोटी र दाखमद्यद्वारा नयाँ करार स्थापना गर्नुभएर पाप–क्षमा र अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको दिन हो।

परमेश्वरको मण्डली विश्वका १७५ वटा देशहरूमा ७५०० भन्दा बढी स्थानिय मण्डली स्थापना भएको र सदस्यहरूको कुल संख्या ३७ लाख भएको एक विश्वव्यापी मण्डली हो। छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग गर्ने कार्यसहित २७ हजार पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरेको छ।

ती कार्यहरूको परिणामस्वरूप मण्डलीले अमेरिकी राष्ट्रपति बाइडेन, ट्रम्प र ओबामाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड सर्वोत्कृष्ट सङ्गठन अवार्ड, गणतन्त्र कोरियाका तीन सरकारहरूबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग ४२०० वटाभन्दा बढी अवार्डहरू प्राप्त गरेको छ। मण्डलीले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट प्रशंसा–पत्र प्राप्त गरेको मण्डलीले जानकारी गराएको छ।